सिनेमा घर एपमा निशुल्क हेर्नुस् ‘डमरुको डण्डीबियो’

सिनेमा घर एपमा निशुल्क हेर्नुस् ‘डमरुको डण्डीबियो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – खगेन्द्र लामिछाने अभिनित सिनेमा ‘डमरुको डण्डीबियो’ सिनेमा घर एपमा रिलिज भएको छ । स्वर्गिय छेतेन गुरुङ निर्देशित सिनेमा यो एपमा निशुल्क हेर्ने व्यावस्था गरिएको खगेन्द्रले बताए ।

कोभिड १९ को दोश्रो लहरसँगै भएको लकडाउनको समयमा नेपालमा बस्ने दर्शकको लागि सिनेमाघर एपमा सिनेमा रिलिज गरिएको हो । अभिनेता तथा सिनेमाघर एपका सञ्चालक मध्येका एक खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर एपको तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि ‘डमरुको डण्डीबियो’ रिलिज गरिएको हो ।

‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले पछिल्ला दिनमा नेपालीलाई झनै धेरै त्रसित बनाएको छ । हाम्रो लागि अहिले समय निकै नै कठीन र चुनौतीपूर्ण छ । घरमा बस्दा समय कटाउन गाह्रो हुन्छ । त्यो समय मनोरञ्जनपूर्ण र यादगार बनाउन डमरुको डण्डीबियो निशुल्क हेर्ने सुविधा मिलाएका हौँ’, लामिछानेले भने ।

हाललाई निशुल्क सिनेमा हेर्ने सुविधा नेपालमा मात्र रहेको र बिस्तारै अरु देश हरुमा पनि क्रमस उपलब्ध हुँदै जाने सिनेमाघर एपका कार्यकारी अधिकृत सागर खरेलले बताए । ‘डमरुको डन्डीबियो हाम्रो एपमा एकदमै रुचाइएको सिनेमा हो, हामीले अहिले सम्म एस्लाई ‘पेड सर्भिस’को रुपमा राखेको थियौ । यो हाम्रो एपमा सबैभन्दा धेरै किनेर हेरिएको सिनेमा हो, तैपनि हामीले लकडाउनको अवस्थामा सबैलाई मनोरंजन होस भन्ने हेतुले निशुल्क गरेको छौँ’, खरेलले सुनाए ।

सिनेमामा खगेन्द्रका अलवा मेनुका प्रधान, अनुप बराल, बुद्धि तामाङ, लक्ष्मी बर्देवालगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाघर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभी लगाएतमा डमरुको डण्डीबियो हेर्न सकिन्छ ।