‘२ रुपैयाँ’को रेकर्ड ब्रेक गीत : ‘कुटुमा कुटु’लाई १५ करोड भ्युज

‘२ रुपैयाँ’को रेकर्ड ब्रेक गीत : ‘कुटुमा कुटु’लाई १५ करोड भ्युज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरहिट सिनेमा ‘२ रुपैयाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ले १५ करोड भ्युज पाएको छ र दर्शकले निकै रुचाएको गीतले युट्युबमा सार्वजनिक नेपाली गीतमा सर्वाधिक हेरिने गीत बनेको छ । यो गीतले युट्युबमा रिलिज भएको ५ वर्षमा १५ करोड भ्युज पाएको हो ।

अभिनेत्री स्वस्तिमा खड्कालाई फिचर्ड गरिएको गीतमा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायतका कलाकारले पनि नृत्य गरेका छन् । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा संगीतकार सिवाकोटी, मेलिना राई र राजन इशानको स्वर छ । गीतलाई राजन इशानले एरेञ्ज गरेका हुन् ।

असिम शाहको निर्देशनमा निर्माण भएको सिनेमामा समावेश गीतका कारण पनि सिनेमाको राम्रो व्यापार गरेको सिनेमाकर्मी र निमार्ण टिमको बुझाई छ । सिनेमाले समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । सिनेमामा निश्चल, आशिफ र बुद्धिका अलवा मेनुका प्रधान, राजन इशान, टिका पहाडी र प्रतिकराज न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।