निषेधाज्ञा अबधिभर एबी इन्टरनेश्नलले असहायलाई खाना खुवाउने

निषेधाज्ञा अबधिभर एबी इन्टरनेश्नलले असहायलाई खाना खुवाउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा निर्माण कम्पनि एबी इन्टरनेशनलको सहकार्यमा निषेधाज्ञाको अवधिमा काम गरेर खान वर्ग मारमा परेको र साँझ बिहान दुई छाक खानाको जोहो गर्न समस्या भएकालाई निशुल्क खाना खाने व्यवस्था मिलाएको छ ।

कम्पनिका सञ्चालक मध्येका एक अजित कुमार थापाले नयाँ बसपार्क क्षेत्र वरपर रहेका असहायलाई हरेक दिन बिहान १० देखि १२ बजेसम्म खाना बितरण गरिरहेको बताए । कोरोना महामारीका कारण हुने खाने वर्ग समस्यामा नभएपनि हुँदा खाने वर्गको समस्या हेरेर बस्न नसकेर खाना बितरणमा लागेको बताए ।

एबी इन्टरनेशनको लगानीमा बनेको सिनेमा पासवर्ड गतवर्ष रिलिज भएको थियो । भने, सम्हालिन्छ कहिले मन प्रदर्शनको तयारीमा छ । यो कम्पनिले सिनेमा निर्माणसँगै बितरणमा पनि हात हालेको छ । केही समय पहिले रिलिज बलिउड सिनेमा मरजावा नेपाल रिलिजको जिम्मा लिएको थियो ।