अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको मासिक रचना वाचन कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको मासिक रचना वाचन कार्यक्रम सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्टिन च्याप्टरले आफ्नो मासिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । आईतवारका संस्थाका अध्यक्ष धर्मानन्द गौतमको सभापतित्वमा साहित्य रचना वाचन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बिशेष आतिथीको अनेसासका बरिष्ठ केन्द्रिय उपाध्यक्ष गोवर्धन पूजा र साहित्यकार कल्पना तामाङले आ–आफ्ना कविताहरू वाचन गरेका थिए । अमेरिकाको बोस्टनमा बस्दै आउनुभएका साहित्यकार पूजाले आफ्ना उत्कृष्ट चार कविता वाचन गर्दै आफूलाई कार्यक्रममा आमन्त्रित गरेकोमा अनेसास अस्टिन च्याप्टरलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । यस्तै कार्यक्रममा उपस्थित हुनुभएकी अर्की अतिथी साहित्यकार तामाङले कार्यक्रममा आफ्ना ५ कविताहरू वाचन गर्नुभएको थियो ।

संस्थाका महासचिव केशवराज ज्ञवालीले संचालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकारहरू पिताम्बर दाहाल, हस्त गौतम, केशव पन्थी, बबि लिम्बू, दिनेश दाहाल, सरोज वाग्लेले आ–आफ्ना रचना वाचन गरेका थिए । यस्तै लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका सञ्चारकर्मी तथा संस्थाका सदस्य सुमन गैरेले आफूले रचना गरेको गीत सुनाएर कार्यक्रमलाई संगीतमय बनाउनु भएको थियो ।

आगामी दिनमा नेपाली साहित्यको उत्थानका लागि अझै राम्रा र उपलब्धी मूलक कार्यक्रम संस्थाले गर्दै जाने अध्यक्ष गौतमले बताए । प्रवासमा रहेर नेपाली साहित्यलाई थप उचाईमा लैजान यस्ता कार्यक्रमले मद्घत पुर्याउने भन्दै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष गौतमले उपस्थित सम्पूर्ण साहित्यकारलाई धन्यवाद ज्ञापन गरे ।