५७ औं जन्मदिन मनाउँदै महानायक राजेश हमाल

५७ औं जन्मदिन मनाउँदै महानायक राजेश हमाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज बुधबार महानायक राजेश हमाल आफ्नो ५७ औं जन्मदिन मनाउँदै छन् । समाजिक सञ्जाल फेसबुकले जुन ८ लाई जन्मदिन देखाएपनि उनको वास्तविक जन्मदिन ९ जुन हो । उनलाई समाजिक सञ्चाज फेसबुकमा मंगलबारबाटै शुभकामनाको आइरो लागेको छ ।

अभिनेता हमालले ‘शकुन्तला र बाग्मती पछि सिनेमामा अभिनय गरेका छैनन् । महानायक हमाल चाँडै सत्या मार्फत अभिनयमा कमब्याक गर्दैछन् । यो सिनेमामा उनका अलवा अनुपविक्रम शाही र पल शाहको पनि अभिनय रहनेछ । यस्तै हमाल पछिल्लो समय सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका छन् ।

दोस्रो लकडाउनअघि हमालले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए । महानायक हमालले सिनेमाको काम सुरु भएसँगै म्युजिक भिडियोमा अभिनय नगर्ने बताइसकेका छन् । भने, उनी दोस्रो चरणको निशेधाज्ञा पश्चात युवाहरुलाई जागरुक तुल्याउन देशव्यापी मोटिभेसनल स्पिकरको रुपमा निस्कने तयारीमा छन् । यसका लागि हमालले व्यक्तिगत तयारी पनि गरिरहेका उनी निकट श्रोतले जनाएको छ ।

अभिनेता हमालको जन्म ९ जून १९६४ का दिन पाल्पाको तानसेनमा भएको हो । ‘यूगदेखि यूगसम्म’ बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गरेका अभिनेता हमालले अभिनय यात्राको क्रममा उनले करिव दुई दशक नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका थिए । पोस्टरमा हमालको टाउको राखेकै भरमा निर्माताले कारोडौं कमाउथे ।

हमालले अभिनय गरेका ३०० हाराहारीका सिनेमा मध्ये देवता, भाउजु, साथी, अल्लारे, गाउँले, अजम्बरी नाता, ढुकढुकी, बसन्ती, हामी तीन भाई, यो मायाको सागरलगायतका तीन दर्जन सिनेमा सफल छन् । उनै महानायक हमाललाई द सिनेमा टाइम्स परिवारको तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।