बरिष्ट छायांकार राम शंकर प्रधानको निधन

बरिष्ट छायांकार राम शंकर प्रधानको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा जगतका बरिष्ट छायांकार राम शंकर प्रधानको निधन भएको छ । आइतबार राति १० बजो छायांकार प्रधानका उपचारको क्रममा विर अस्पतालमा निधन भएको हो ।

मृगौला पिडित प्रधान लामो लामो समयदेखि डायलासिस गराउँदै आएका थिए । ७२ वर्षिय प्रधानको सोमवार बिहान पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । उनको निधनले नेपाली सिनेमा क्षेत्रलाई अपूरणीय क्षति पुगेको भन्दै सिनेमाकर्मीले सामाजिक सञ्जालमा श्रदाञ्जली अर्पण गरेका छन् ।

स्वर्गीय प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् । प्रधानले ‘अजम्बरी नाता, फेरि तिम्रो याद आयो, पर्खि बसेँ, सुन्दर मेरो नाम, लगनगाँठो, रगत’लगायत तीन दर्जन बढी सिनेमाको छायांकन गरेका छन् ।