‘रजतपट कोशेली’ मार्फत प्रकाश सुवेदीको सहयोग

‘रजतपट कोशेली’ मार्फत प्रकाश सुवेदीको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार प्रकाश सुवेदी दोस्रो चरणको कोरोना महामारी लगत्तै रजतपत कोसेली अभियान मार्फत समाजसेवामा सक्रिय भएका छन् । उनले महामारीका कारण समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् ।

रजतपट कोशेली अन्र्तगत तीन हप्ता अघिबाट सुरु भएको कार्यक्रम मार्फत उनले सिनेमा क्षेत्रमा आवद्ध प्राविधिकदेखि बरिष्ठ कलाकारसम्मलाई सहयो उपलब्ध गराएका छन् । सिनेमा क्षेत्रभन्दा बाहिर पनि समस्यामा रहेका बाल आश्रम, बृद्धाश्रम, शारीरिक अशक्तता भएका व्याक्तिलाई एक महिनालाई पुग्ने खाध्यान्न, औषधी र अस्पतालमा उपचाररतलाई नगद समेत रजतपट टिमले सहयोग गरेको छ ।

देश तथा विदेशमा रहेका सहयोगी दाता र रजतपटले रकम संकलन गरेर समस्यामा परेकाहरुलाई सहयोग गरिरहेको छ । सुवेदी हाल एपी वान टेलिभिजनमा रजतपट र ग्ल्यामर गफ नामक दुई कार्यक्रम सञ्चालन गरिरहेका छन् ।