सहयोगी हात बढाउँदै ‘लप्पन छप्पन २’ टिम

सहयोगी हात बढाउँदै ‘लप्पन छप्पन २’ टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लप्पन छप्पन २’ निर्माण टिमले कोरोना महामारीका कारण समस्यामा परेका प्राविधिकलाई सहयोग गरेको छ । अघिल्लो हप्ता सिनेमाका निर्देशक मुकुन्द भट्ट र चिनिया वितरक शान्त शर्माको पहलमा २५० जना प्राविधिकलाई एक महिनालाई पुग्ने खाद्यान्न प्राविधिक संघ मार्फत सहयोग गरेका थिए ।

यो हप्ता पनि ‘लप्पन छप्पन २’का निर्माता प्रकाशजंग कुँवरले व्याक्तिगत खर्चमा रजतपट कोशेली अभियान मार्फत सहयोग गरेका छन् । कुँवरले दोस्रो चरणमा थर्मल गन, अक्सी मिटर, सिल्ड माक्स, पिपिई सेटलगायत एक लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।

निर्माता कुँवरले कसैलाई यो बिषयम् परिस्थीतीमा अप्ठेरो परेको छ भन्ने खबर पाए आफुले सकेको सहयोग गर्ने बताएका छन् ।