भर्चुअल माध्यमबाट नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव

भर्चुअल माध्यमबाट नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असार तीन अर्थात आजबाट अमेरिकाको मेरिल्यान्ड राज्यमा चार दिने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना भएको छ । कोरोना महामारीका कारण यसवर्ष महोत्सव भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

आयोजक कम्पनिले एक विज्ञप्ती सार्वजनिक गर्दै नेपाल र अमेरिका लगायत विश्वका १४ देशका ३० वटा सिनेमा महोत्सवमा प्रदर्शन हुने जनाइएको छ । भर्चुअल रुपमा उद्घाटन भएको महोत्सव २० तारिक आइतबार साँझ समापन समारोह तथा पुरस्कार वितरण हुनेछ । महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत निशुल्क हेर्न सकिनेछ ।

प्रदर्शन भएका सिनेमाबारे दर्शक र सिनेमा निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट सिनेमालाई पुरस्कृत पनि गरिनेछ ।

महोत्सवमा आवेदन परेका सिनेमा छनोट समितिद्वारा छानिएका हुन् । महोत्सवको लागि ६ जना महिलाहरुको निर्णायक मण्डलले उत्कृष्ट सिनेमाको पुरस्कार घोषणा गर्नेछ । नेपालबाट रम्यता लिम्बू, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन् ।

कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि २०२१ को संस्करण भने भर्चुअल रुपमा हुँदैछ । अघिल्लो वर्ष साउथ एसियन सिनेमा फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो ।