‘ड्रिम्स’ अभिनेत्री सन्ध्या केसीको आभुषणसँग विवाह

‘ड्रिम्स’ अभिनेत्री सन्ध्या केसीको आभुषणसँग विवाह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता तथा निर्माता भुवन केसी निर्देशित सिनेमा ड्रिम्स अभिनेत्री सन्ध्या केसीले आभुषण ज्योति कंसाकारसँग विवाह बन्धनमा बाँधिएकी छन् । उनले कानुनि विवाह गरेको फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै हुनेवाला दुलाहा आभूषणलाई शुभचिन्तक माझ चिनाएकी हुन् ।

सन्ध्याले कानुनी रुपमा आफूहरूले विवाह गरेको भए पनि धार्मिक रुपमा विवाह गर्न बाँकी रहेको भन्दै आभूषण ज्योति कंसाकारसँग जिन्दगी बिताउने निर्णय गरेको उल्लेख गरेकी छन् । उनले अगाडी लेखेकी छन्,-‘म आभूषणसँग विवाहको खबर सार्वजनिक गर्दा रोमाञ्चित महसुस गरिरहेकी छु । धार्मिक रुपमा हामीले शपथ लिन बाँकी छ जुन हामी स्थिति सहज भएपछि गर्नेछौं । त्यतिन्जेल तपाईंहरूको स्नेह तथा आशीवार्द चाहान्छौं ।’

अनमोल केसी अभिनित ‘ड्रिम्स’बाट नेपाली सिनेमामा डेब्यू गरेकी सन्ध्याले इमेज च्यानलमा भिजेको रुपमा करिअर सुरु गरेकी थिइन् । उनले ‘कमलेको बिहे, कथा काठमाडौं र पण्डित बाजेको लौरी’ लगायतका सिनेमा र थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।