‘रजतपट कोशेली अभियान’को पललाई सम्मान, निशालाई सहयोग

‘रजतपट कोशेली अभियान’को पललाई सम्मान, निशालाई सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दोस्रो चरणको कोरोना महामारीमा रंग पत्रकार प्रकाश सुवेदी लगायतको टिमले ‘रजतपट कोशेली अभियान’ सञ्चालनमा ल्याएका थिए । यो कार्यक्रम मार्फत करिब ४ सय बढि कलाकर्मी र अन्य पिडितलाई राहत तथा स्वास्थ्य सामाग्री वितरण गरिएको सुवेदीले बताए ।

यस्तै सोमबार रजतपट कोशेली अभियाको समापन समारोहमा अभिनेता पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । ‘रजतपट कोशेली अभियान’का संयोजक सुवेदीले कोरोना भाइरसको कारण पीडितको उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि सम्मान गरिएको जनाए ।

लकडाउनले गर्दा बेरोजगार बनेका सिनेमाकर्मी तथा अन्यलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले समस्यामा परेर आफ्नो सम्पर्कमा जोकोहीलाई पनि काखा र पाखा नगरि आफु र आफ्नो टिमले सहयोग गर्ने कोशिश गरेको सुनाए ।

राहत वितरणकै लागि काठमाण्डौ बाहिर रहेको कारण सोमबार काठमाण्डौमा आयोजित सहयोग तथा सम्मान हस्तान्तरण कार्यक्रममा पल अनुपस्थित थिए ।मंगलबार उनी काठमाडौं आएर रजतपट कोशेली अभियानको सम्मान ग्रहण गरेका छन् ।

तीन बर्ष अघि भारतमा दुर्घटनामा परेर हाल नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग पनि गरिएको छ । उक्त सहयोग नेपाल र नेपाल बाहिर रहेका विभिन्न सिनेमाकर्मीको पहलमा जुटेको थियो ।

निशालाई निशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए । दाहालले नै निशाको अवस्था मेघासम्म र्पुयाई उपचारको लागि पहल गरेका थिए । ‘रजतपट कोशेली अभियान’को अन्तिम दिन सोमबार पनि १८ जना सिनेमाकर्मीलाई सहयोग गरेको थियो ।