कोरोना महामारी बीच ‘फास्ट एण्ड फ्युरियस ९’को रेकर्ड ब्रेक कमाई

कोरोना महामारी बीच ‘फास्ट एण्ड फ्युरियस ९’को रेकर्ड ब्रेक कमाई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हलिउडको को प्रतिक्षित सिनेमा ‘फास्ट एण्ड फ्युरियस’को ९ औँ शृखलाले बक्सअफिसमा इतिहास रचेको छ । कोरोना महामारीका कारण डेढ वर्षपछि रिलिज भएको सिनेमाले महामारीकै वीच सवैभन्दा बढि कमाउने सिनेमा बनेको छ ।

गतसाताबाट उत्तर अमेरिका रिलिज भएको सिनेमाले चिन र कोरियाली बक्सअफिसमा पनि व्यापक पैसा छापेको छ । उत्तर अमेरिकामा ७ करोड अमेरिकी डलर कमाई गरेको छ । ‘फास्ट एन्ड फ्युरियस ९’को कमाइ महामारीको अघि सन २०१९ मा रिलिज भएको सर्वाधिक कमाई गर्ने हलिउड सिनेमा ‘स्टार्स वार्स : दि राइज अफ स्काइवाकर’ भन्दा बढी भएको सिनेमा पण्डितको भनाई छ ।

केही महिनाअघि रिलिज भएको सिनेमा ‘दि क्वाइट प्लेस’को दोस्रो भागले पनि आक्रामक कमाइ गरेको थियो । सिनेमाले पहिलो साता मात्र ४ करोड ८३ लाख डलर बराबरको कमाइ गरेको थियो । ‘फास्ट एन्ड फ्युरियस ९’को कमाइलाई व्यापार विश्लेषकले बक्स अफिस लयमा फर्किएको संकेतको रुपमा ब्याख्या गरेका छन् । भिन डिजेल, जोन सिना, चार्लिज थेरोनलगायतका कलाकारको अभिनय रहेको सिनेमा कान्स फिल्म फेस्टिभलमा समेत प्रिमियर हुँदैछ ।