पुष्प र साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’को डबिंग सुरु

पुष्प र साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’को डबिंग सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निषेधाज्ञा अघि नै छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको सिनेमा ‘तिम्रो मेरो साथ’को स्वरांकन (डबिंग) सुरु भएको छ । हाल सिनेमाका मुख्य अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले रेड स्टुडियोमा डबिंग गरिरहेका छन् ।

रमेश एम के पौडेलको निर्माण तथा निर्देशन रहेको सिनेमाका लेखक तथा कार्यकारी निर्मातामा सवीर श्रेष्ठ हुन् । बोधी एचडी र आर्यन फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाहका अलवा सरोज खनाल, सन्दिप क्षेत्री र खगेश्वर पुन मगर (खबपू) लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सिनेमामा शिव ढकालको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । ‘तिम्रो मेरो साथ’ नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशहरूबाट प्रदर्शनमा आउने छ । नेपालमा भने सिनेमा दशैँ र तिहारको बीचको समयमा रिलिज गरिने जानकारी निर्माण टिमले दिएको छ ।