अभिनेत्री सुपुष्पा भट्टसँग विवाह बन्धनमा बाँधिए रौनक

अभिनेत्री सुपुष्पा भट्टसँग विवाह बन्धनमा बाँधिए रौनक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सुपुष्पा भट्टले निर्माता रौनकविक्रम कँडेलसँग विवाह बन्धनमा बाँधिएकी छन् । गत बैशाखमा इन्गेजमेन्ट गरेको जोडीले शुक्रबार गोकर्ण फरेस्ट रिसोर्टमा विवाह गरेका हुन् ।

एक वर्षयता प्रेम सम्बन्धमा रहेका अभिनेत्री सुपुष्पा र रौनकले गत वैशाख १६ गते इन्गेजमेन्ट गरेका थिए । उक्त समय उनीहरुले विवाहको मिति भने गोप्य राखेका थिए । परिवार र सीमित साथीहरूको उपस्थितिमा विवाह भइरहेको रौनक निकट स्रोतले जनाएको छ ।

विवाह स्थलबाट बाहिरिएको तस्बिरमा रौनकविक्रम कँडेल दुलाहा बन्न पहेंलो रङको दौरा सुरुवालमा सजिएका छन् । भने दुलही बनेकी सुपुष्पा कलेजी रङको सारीमा देखिएकी छिन् । सिनेमा ‘रणवीर’बाट सुपुष्पाले नेपाली सिनेमा क्षेत्रमा डेब्यू गरेकी थिइन् ।

त्यसयता उनले थुप्रै म्युजिक भिडियोका साथै ‘छ माया छपक्कै र चपली हाइट ३’ लगायतका सिनेमामा अभिनय गरेकी छिन् । ‘चपली हाइट ३’ कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेको छैन् । यस्तै रौनकले भने यसअघि ‘कबड्डी र कबड्डी कबड्डी’ जस्ता सुपरहिट सिनेमा निर्माण गरेका छन् ।