निर्देशक बिशारद बस्नेतको कोरोना संक्रमणबाट निधन

निर्देशक बिशारद बस्नेतको कोरोना संक्रमणबाट निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक तथा अभिनेता बिशारद बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ । शुक्रबार ललितपुर स्थित मेडीसिटी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनको कोरोना संक्रमणकै कारण चार महिना अघि बुवा र हजुरआमा समेत गुमाएका थिए ।

भारतमा जन्मिएर लामो समय उतै काम गरेका बिशारदले एक नेपाली सिनेमा निर्देशन गरेका छन् । ‘न यता न उता’मा सहनिर्देशन गरेका बस्नेतले ‘मिस्टर भर्जिन’ निर्देशन गरेका थिए । नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका क्रिएटिभ निर्देशक बस्नेतले भारतमै पनि लामो समय थिएटरमा काम गरेका हुन् ।

यस्तै, बिशारदले असिम शाहको निर्देशन रहेको ‘दुई रुपैंयाँ’ र सुब्रत आचार्यको निर्देशक रहेको ‘सुश्री सम्पत्ति’मा अभिनय पनि गरेका छन् । नेपालमा उनले एभरेस्ट फिल्म एकेडेमीमा अभिनय पनि पढाउने काम गरेका थिए ।