निर्देशक तथा निर्माता शिशिर राणा बैंकिङ कसुर मुद्दामा प्रक्राउ

निर्देशक तथा निर्माता शिशिर राणा बैंकिङ कसुर मुद्दामा प्रक्राउ

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘माला, पोइ पर्यो काले र तिमीसँग’ फेम्ड निर्देशक तथा निर्माता शिशिर राणा बैंकिङ कसुर मुद्दामा प्रक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार उनलाई बिजुलीबजार काठमाडौंबाट पक्राउ गरेको हो ।

यसअघि ललितपुरको कुपण्डोलमा बसोबास गर्ने राणालाई १० दिन कैद र ४५ लाख जरिवाना हुने ठहर भएपनि फरार भएको भन्दै पक्राउ गरिएको व्यूरोद्धारा जारी वक्तव्यमा उल्लेख छ । सीआईबीका अनुसार, राणाले ललितपुरका एक व्यक्तिबाट ४५ लाख ऋण लिएका थिए । तर, भुक्तानी गर्दा रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो ।

२०७६ सालमा उनले घरव्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्न ऋण लिएका थिए । राणा चेक बाउन्स गरेको आरोपमा पक्राउ परेका हुन् ।