महानायक हमालले बाँडे हेलम्बुका बाढिपिडितलाई राहत

महानायक हमालले बाँडे हेलम्बुका बाढिपिडितलाई राहत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमालले सिन्धुपाल्चोक स्थित पाँच पोखरी र हेलम्बुका बाढि पिडितलाई राहत वितरण गरेका छन् । राहत बाँड्न हमाल सोमवार सिम्रिक एयरको हेलिकप्टरमा हेलम्बु र पाँचपोखरी पुगेका उनलाई स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।

बाढी पीडितको अवस्थाबारे जानकारी लिँदै उनले त्यहाँका बाढी प्रभावितलाई सोलार, स्वास्थ्य सामाग्री र नगद पनि सहयोग गरे । हेल्प अर्गनाइजेसन र विआइए संस्थाको सहकार्यमा राहत बाँड्न हमाल सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र पुगेका हुन् ।

ढिलो गरी भए पनि बाढी पीडितका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेकोमा उनलाई सामाजक सञ्जालमा शुभचिन्तकहरुले धन्यवाद भनेका छन् । उनले सामाजिक सञ्जालमा बाढी प्रभावित क्षेत्रको अवलोकन र राहत वितरणका तस्विरहरु शेयर गरेका छन् ।

हमालले सामाजिक सञ्जाल फेसबुमा सेयर गरेको तस्वीरमा कतिपयले भने राहत सामाग्रीभन्दा महंगो भाडा तिरेर हेलिकप्टर चढेको भन्दै राजेश हमालको आलोचना गरेका छन् । तर, हमालले बाढीले हेलम्बु जोड्ने सडक क्षतविच्छेद भएकाले आफु र आफ्नो टिम हेलिकप्टरको माध्यमबाट त्यहाँ पुगेका जनाएका छन् ।