इन्ट्रा फाउण्डेशनको राहत वितरण कार्यक्रम स्थगित

इन्ट्रा फाउण्डेशनको राहत वितरण कार्यक्रम स्थगित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका’द्वारा संचालित राहत अभियान स्थगित गरिएको छ । अमेरिकी गैर सरकारी संस्थाले नेपाली कलाकार दिलिप रायमाझी, संजीत भण्डारी, रिचा थापाको सहभागितामा राजधानी र मोफसलका जिल्लामा राहत प्रदान गरिएको थियो ।

फाउण्डेशन अमेरिकाका प्रबन्ध निर्देशक रुद्र बानियाका अनुसार कोभिड-१९ ले भएको लकडाउनका कारण अप्ठेरोमा परेकालाई प्रदान गरिँदै आएको राहत कार्यक्रम स्थगित भएको तर अन्य राहत कार्यक्रमहरु भने कायमै रहेको बताए । फाउण्डेसनका नेपाल प्रमुख अभिनेता दिलिप रायमाझी हुन् ।

अभिनेता रायमाझीले फाउण्डेशन विपतमा सहयोग गर्न तयार रहने बताए । अमेरिकामा सात बर्षदेखि संचालित संस्था नेपालमा पनि दर्ता भएर सञ्चालनमा आएको छ । अमेरिकामा दश हजार बढि सदस्य रहेका संस्थाका पदाधिकारी महामारीका बेला अमेरिकाबाट नेपाल आएर राहत वितरणमा सहभागि बनेका थिए ।

अमेरिकी गैर सरकारी संस्थामा दि भ्वाईस अफ नेपालका प्रतिष्पर्धी किरण गजमेर पनि आबद्द रहेका छन् । गजमेरले संस्थासँग आवद्ध रहेर राहतमा खटिने विमला श्रेष्ठ, ओजस्बी थापा, बवि श्रेष्ठ, रञ्जित अधिकारी, निक शर्मा, ऋचा थापा लगायतलाई धन्यवाद ज्ञापन गरे ।

फाउण्डेशनले अमेरिकामा रहेका नेपालीलाई लक्षित गरी विभिन्न खेलकुदका कार्यक्रम, मेरो डान्स कप अफ यूएसए, मेरो भ्वाईस कप यूएसए लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा विगत तीन वर्ष देखि डे केयर होम सञ्चालन गरिरहेको र निकट भबिष्यमा नै झापा जिल्लामा वृद्दाआश्रम संचालनमा ल्याउने तयारी रहेको संस्थापक अध्यक्ष डिल्ली अधिकारीले बताए ।

संस्थाका अध्यक्ष अधिकारीले भुटानी शरणार्थी क्याम्पमा रहेका र तेस्रो मुलुक जान नमान्ने वृद्द वृद्दालाई मासिक पाँच हजार रुपैयाँ दिने घोषणा गरे । उनले राहतको कार्यक्रम नेपालमा लकडाउन सहज भएको कारणले बन्द गरिएको भएता पनि आवश्यक परेको खण्डमा फाउण्डेशन सँधै तयार रहने बताए ।