बिहिबार आत्महत्या गरेकी अभिनेत्री कुँवरको पशुपतिमा अन्त्येष्टि

बिहिबार आत्महत्या गरेकी अभिनेत्री कुँवरको पशुपतिमा अन्त्येष्टि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री तथा निर्मात्री जेनी कुँवरले बिहिबार राति आफ्नै घरमा आत्मा हत्या गरेकी छन् । उनको शव थापागाँउ स्थित सनराइज अपार्टमेन्टमा भान्सासँगैको रुममा झुण्डीएको अवस्थामा भेटिएको प्रहरी जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको थियो । प्रहरीले जेनीका श्रीमानसँग सोधपुछ गर्दा उनी विगत एक वर्षदेखि डिप्रसनमा रहेको बताएको उल्लेख गरेको छ ।

‘जिन्दगानी’ नामक सिनेमाबाट अभिनय यात्रा थालेकी कुँवरले ‘मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊ’लगायतका सिनेमामा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बसेकी जेनी नेपाल फर्केयता नेपाली सिनेमामा व्यस्त थिइन् । उनको पछिल्लो सिनेमा ‘हलचल’मा अभिनयसँग लगानी पनि रहेको थियो ।

अभिनेत्री कुँवर पछिल्लो समय साधुको अवतारमा आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । एक छोरा र एक छोरीकी आमा कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई सामाजिक सञ्जाल मार्फत सिनेमाकर्मी र शुभचिन्तकले श्रद्धाञ्जली अपर्ण गरेका छन् ।