‘हेल्लो ब्रो’बाट निर्माता बने सलोन बस्नेत

‘हेल्लो ब्रो’बाट निर्माता बने सलोन बस्नेत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सलोन बस्नेत निर्माता बनेका छन् । उनले आफ्नो होम प्रोडक्सनमा ‘हेल्लो ब्रो’ नामक वेव सिरिजि निर्माण गरेका छन् । ‘होस्टेल’बाट नेपाली सिनेमामा अभिनेताको रुपमा डेव्यु गरेका उनले बालकलाकारको रुपमा थुप्रै सुपरहिट सिनेमामा काम गरेका छन् ।

उनी निर्मित वेब सिरिज ‘हेल्लो ब्रो’ बिहीवारबाट प्रशारणमा आएको छ । सिरिजका लेखक तथा निर्देशक सुरेश न्यौपाने हुन् । वेब सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, एलिस्टा सुवेदी, सृष्टि तिमल्सिना, मनीषा ओझा, ओजस्वी थापा, सन्तोष गिरी, इभा गिरी लगायतको अभिनय रहेको छ ।

प्रत्येक हप्ताको बिहीवार साँझ ७ बजे बि.एम.एचडि टेलिभिजनमा प्रशारण भएपछि बुढासुब्बा डिजिटलको यूट्युब च्यानलमा सिरिज सार्वजनिक हुनेछ । ‘हेल्लो ब्रो’को पहिलो एपिसोड बुढा सुब्बाको यूट्युब च्यानलमा सार्वजनिक भइसकेको छ । सलोनले सिरिजको कथावस्तु बलियो भएकाले लगानी गरेको बताए । यो सिरिजले दर्शकलाई सिनेमाको न्यास्रो मेटाउने उनको विश्वास छ ।

सिरिजमा केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त सिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स, शिशिर खातीको कोरियोग्राफी, आकाश बुढाथोकी सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ ।