नविनको गीतमा बर्षा र राजको अभिनय

नविनको गीतमा बर्षा र राजको अभिनय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय नायिका बर्षा सिवाकोटी र राज कटवाल प्रेम सम्बन्धमा रहेको चर्चा छ । तर, उनीहरुले प्रेम सम्बन्धमा रहेको कुरा स्विकार गरेका छैनन् । उनीहरुले आफ्नो सम्बन्धलाई मितत्राको नाम दिदै आईरहेका छन् । उनै बर्षा र राजले गायक नविन के. भट्टराईको आगामी म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

‘बाटो हेरेर कुरिरहन्छु’ बोलको गीतलाई गायक भट्टराईको पत्नी बिजिना राजभण्डारीले निर्देशन गरेकी छन् । बर्षा र राज अन्य म्युजिक भिडियोमा पनि अभिनय गर्न तयारी रहेको राजले जानकारी दिए । उनका अनुसार यो म्युजिक भिडियो आगामी साता रिलिज हुनेछ । राज चलचित्र विकास बोर्डका सदस्य पनि हुन् ।