नवल निर्देशित सिरिज ‘दिल चुप छ’को प्रसारण सुरु

नवल निर्देशित सिरिज ‘दिल चुप छ’को प्रसारण सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – ‘श्रीमान्, महशुश, मारुनी’ जस्ता सिनेमा निर्देशन गरिसकेका निर्देशक नवल नेपालले नयाँ नेपाली सिरिज निर्देशन गरेका छन् । ‘दिल चुप छ’ नामक उक्त सिरिज हरेक शनिबार साँझ ७ः३० बजे बि एम एच डि टेलिभिजनमा प्रसारण भएको छ ।

उक्त सिरिजमा वैवााहिक जीवनका आरोह अवरोह, जोडीका अप्ठ्यारा र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई नजिकबाट प्रस्तुत गरिएको छ ।

नवराज गिरी र सरस्वती गिरीले निर्माण गरेको सिरिजमा सरोज खनाल, सुर्यमाला खनाल, यशराज गराच, रिस्ता अधिकारी, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत, लक्ष्मण सिंह बस्न्यात, केदार दवाडी, नरेश पौड्याल, रुक्मिला अधिकारी, स्मारिका खनाल , प्रकाश श्रेष्ठ, बाल कलाकार प्रीन्सी खड्का, प्रतिक गिरी शिक्षा संग्रोला, सक्षम पुरीलगायत कलाकारको अभिनय रहेको छ ।

दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्कीको संगीत तथा पाश्र्व संगीत, श्रीकृष्ण श्रेष्ठको रंग संयोजन रहेको प्रस्तुत सिरिजलाई बुढासुब्बाको अफिसियल युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।