सलमानले आथियासँग मागे माफी

सलमानले आथियासँग मागे माफी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – अभिनेता सलमान खान हालै आफ्नो दाइ अरबाज खानको च्याट शो ‘पिन्च २’मा सहभागी भएका थिए । उक्त शोमा उनले सलमानलाई सामाजिक सञ्जालमा क–कसलाई फलो गरेका छन् भनेर प्रश्न सोधेका थिए । सलमानको सामाजिक सञ्जालमा ११७ मिलियन फलोअर्स छन् तर उनले ट्विटरमा २४ जनालाई र इन्स्टाग्राममा २५ जनालाई फलो गरेका छन् । शोमा अरबाजले तीन अभिनेत्री कट्रिना कैफ, संगीता बिजलानी र अथिया शेट्टीको नाम लिँदै यी मध्ये कुन अभिनेत्रीलाई इन्स्टाग्राममा फलो गरेका छैनन् भनेर सलमानलाई प्रश्न सोधेका थिए ।

उनले सुरुमा संगीता बिजलानीको नाम लिए । अरबाजले गलत जवाफ भनेपछि सलमानले हात जोड्दै आथियासँग माफी मागे । सलमानले भने, ‘माफ गर आथिया, म अहिलै तिम्रलाई फलो गर्छु ।’

अभिनेत्री अथिया शेट्टीले अहिलेसम्म अरबाजको उक्त सो वा सलमानको माफी सम्बन्धमा कुनै प्रतिक्रिया जनाएकी छैनन् । उनका बुबा सुनिल शेट्टीले भने सलमानको माफी माग्ने तरिका ‘क्युट’ लागेको बताएका छन् । ‘सलमान हाम्रो परिवार हो । उनी जुनै काम पनि आफ्नो मनबाट गर्छन् । जब उनले कार्यक्रममा अथियासँग माफी मागे, त्यो निकै प्यारो थियो,’ सुनिल शेट्टीले एक अन्तर्वातामा भने, ‘उनीहरुबीच राम्रो सम्बन्ध छ र म सलमानसँगको मेरो सम्बन्धलाई पनि कदर गर्छु ।’

‘पिन्च २’को अन्य एपिसोडमा अनन्या पान्डे, टाइगर श्राफ, फरआन अख्तर, कायरा आडवानी, राजकुमार राव र फरआन खान उपस्थित हुने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

-एजेन्सी