सरकारले १० सिनेमा निर्माणमा सह–लगानी गर्ने

सरकारले १० सिनेमा निर्माणमा सह–लगानी गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – सरकारले यस आर्थिक वर्ष ०७८÷०७९ देखि दश सिनेमामा सह–लगानी गर्ने भएको छ । स्वदेशी सिनेमा निर्माणमा प्रोत्साहित गर्न भन्दै चलचित्र विकास बोर्डले गतवर्ष स्टोरी बैंक स्थापना गरेको थियो ।

चलचित्र विकास बोर्डले मंगलबार सूचना जारी गर्दै पाँच फिचर र पाँच छोटो सिनेमामा सह–लगानी गर्ने जनाएको छ । बोर्डले ६० दिन भित्र सिनेमाको कथा, पटकथा पेस गर्न आह्रवान गरेको छ । यसअघि तीन फिचर र तीन छोटो सिनेमामा सह–लगानी गर्ने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागू हुने गरी सिनेमाको संख्यामा वृद्धि गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा स्टोरी बैंकमार्फत ३ छोटो र तीन फिचर फिल्म छनौट भएका छन् । यी तीन सिनेमालाई निर्माणमा बोर्डले सहयोग गर्नेछ । स्टोरी बैंकमा प्राप्त ती ६ वटा सिनेमा सिफारिस भएको हो ।