‘विश्वभर नै सबैभन्दा असुरक्षित पेशा कलाकारिता हो’: राजेश हमाल

‘विश्वभर नै सबैभन्दा असुरक्षित पेशा कलाकारिता हो’: राजेश हमाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – महानायक राजेश हमालले कलाकारिता सबै भन्दा असुरक्षित पेशा भएको बताएका छन् । हालै हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’मा प्रस्तोता राजेन्द्र बानियासँगको अन्तर्वार्तामा उनले नेपाल मात्र नभएर विश्वभर नै कलाकारिता असुरक्षित पेशा भएको बताए ।

करियर बन्ने र जीविकोपार्जन गर्न सक्ने कुनै सुनिश्चितता नभएको बताउँदै उनले भने, ‘कलाकारिता नेपालमा मात्र होइन विश्वभर नै सबैभन्दा असुरक्षित पेशा हो । यसमा तपाईले प्रवेश त गर्न सक्नुहुन्छ । तर, तपाईको यसमा करियर बन्छ, सफलता हासिल गर्न सक्नुहुन्छ र यसबाट तपाईले लामो समयसम्म जीविकोपार्जन गर्न सक्नुहन्छ भने कुनै सुनिश्चितता छैन ।’

उनले आफ्नो अनुभव सुनाउदै भने, ‘ममा यो वर्ष त चले अर्का वर्ष चल्छु कि चल्दिन भने असुरक्षात्मक भावना आउथ्यो । केहि कलाकार भव्यताका साथ आए, पहिलो सिनेमालाई धेरै रुचाइयो भने दोस्रो सिनेमालाई त्यहि अनुपातमा रुचाइन्छ भन्ने कुनै पनि निश्चितता हुँदैन । त्यसैले कलाकारिता भनेको निकै असुरक्षित पेशा हो । म आफै अचम्मित छु, कि मैले जुन विन्दु र मनस्थितिबाट कलाकारिता सुरु गरेको थिए, त्यो विन्दुबाट ३२ वर्षसम्म निरन्तर कलाकार भएर कसरी बस्न सके ।’