धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’को ट्रेलर रिलिज

धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – धुर्मुस–सुन्तलीको निर्माणमा बनेको सिनेमा ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । यस सिनेमालाई मेरी बास्सैका लोकप्रिय हाँस्यजोडी धुर्मस र सुन्तलीको कमब्याक भनिएको छ ।

कमेडी सिनेमामा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)सँगै बुद्धी तामाङ, विजय बराल, पल्पसा डंगोल (चम्सुरी), बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य, सुशिला थापालगायतको अभिनय छ । ‘म त मर्छु कि क्या हो’लाई सिताराम कट्टेलले निर्देशन गरेका हुन् ।

सुदिप बरालले छायांकन गरेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । यो सिनेमा भदौ ११ गते डिजिटल प्लेटफर्मबाट रिलिज हुनेछ ।