anmol jasita

सिनेमा क्षेत्रलाई आर्थिक राहत व्यवस्था गर्न निर्माता संघको माग

सिनेमा क्षेत्रलाई आर्थिक राहत व्यवस्था गर्न निर्माता संघको माग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – कोरोना महामारीका कारण डेठ वर्ष देखि थलिएको सिनेमा क्षेत्रलाई नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमार्फत आर्थिक राहतको व्यवस्था गर्न माग गर्दै चलचित्र निर्माता संघले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, नायक भुवन केसी, निर्देशक उदय सुब्बा लगायतको टिमले ज्ञापन पत्र बुझाएका हुन् ।

विशेषगरी कोरोनाले थलिएको सिनेमा क्षेत्रलाई सहजीकरण गर्नका लागि मौद्रिक नीतिमा तीन वर्षपछिबाट साँवा ब्याज बुझाउने गरी ७ वर्षका लागि सुलभ कर्जा प्रवाह गर्नुका साथै २०७७ को मौद्रिक नीतिमा झैं यस वर्ष पनि सिनेमा उद्योगलाई अति प्रभावित क्षेत्रमा राख्न संघले माग गरेको छ ।

उक्त ज्ञापनपत्रमा सिनेमा निर्माण गर्न चाहने व्यक्तिलाई बैंकिङ कर्जाको व्यवस्था गर्न, २०७६ को वैशाखदेखि ठप्प रहेको सिनेमा क्षेत्र पुनः सुचारु हुने मितिसम्मका लागि ब्याज छुटको व्यवस्था गर्न, ५ सय डलरसम्मको डेविड भिसा कार्डलाई २ हजार डलरसम्म पु¥याउन लगायतका बुँदा उल्लेख छन् ।

त्यस्तै, निर्माता संघले २०७८÷०७९ को बजेटमा सम्बोधन भएको विषयलाई कार्यान्वयन गर्न र बजेटमा छुटेका विषयलाई पुनर्विचार गर्न ध्यानकर्षण गराएको छ । २०७७ को मौद्रिक नीतिले सिनेमा क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचिकृत गरे पनि कुनै किसिमको सहुलियत कर्जा उपभोग गर्न नपाएकाले अर्थ मन्त्रालयबाट समेत सिनेमा उद्योगलाई अति प्रभावित उद्योगमा राख्न संघको माग छ ।

३ वर्ष सम्मका लागि सिनेमा घरको विद्युत महशुल डिमान्ड मिनाह, दूतावासमार्फत् विदेशी भूमिमा सिनेमा महोत्सव आयोजना गर्न बजेट विनियोजन, सुविधा सम्पन्न आउटडोर सुटिङ स्टूडियो निर्माणको कार्यान्वयन, श्रमजीवि सिनेकर्मीले प्राप्त गर्ने पारिश्रमिकमा काटिँदै आएको कर आगामी २ वर्षका लागि छुट गर्न निर्माता संघले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्रमार्फत आग्रह गरेको छ ।