नाजिर र मुकुनको ‘लभ सर्कल’ डिजिटल प्लेटफर्ममा रिलिज हुने

नाजिर र मुकुनको ‘लभ सर्कल’ डिजिटल प्लेटफर्ममा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बसन्त निरौलाको निर्देशनमा तयार भएको सिनेमा ‘लभ सर्कल’लाई डिजिटल प्लटफर्ममा रिलिज गरिने भएको छ । साउन २९ गते डिस होमबाट टेलिभिजनमा प्रदर्शन गरिने छ ।

सिनेमाको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले डिजिटल प्लटफर्मबाट सिनेमा रिलिज गरिने जानकारी दिएका हुन् । सार्वजनिक पोस्टरमा नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रविन्द्र झा, रिश्ता बस्नेत, सुमन कोइरालालाई समावेश गरिएको छ ।

कमेडी र सस्पेन्स थ्रिलरमा तयार भएको सिनेमामा ओम प्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ । साहिल खान र दिव्य सुवेदीले छायांकन गरेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । सिनेमामा अभिमन्यू निरवीको लेखन, अंकित बाबुको संगीत, पवित्रा आचार्यको कोरियोग्राफी छ ।