anmol jasita

सिनेमा छायांकनमा हातहतियार र जनशक्ति उपलब्ध गराउन निर्माता संघको माग

सिनेमा छायांकनमा हातहतियार र जनशक्ति उपलब्ध गराउन निर्माता संघको माग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल चलचित्र निर्माता संघले सिनेमा छायांकनमा आवश्यक पर्ने नक्कली तर सक्कली देखिने हातहतियार प्रयोग गर्ने र उपलब्ध गराइदिन आग्रह गर्दै प्रहरी प्रधान कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार संघका अध्यक्ष आकाश अधिकारीले प्रहरी नायव महानिरिक्षक बसन्तकुमार लामालाई पत्र बुझाउँदै छायांकनलाई जरुरी हुने हात हतियार, भ्यान, पोशाक, प्रहरी जवान र सहुलियत राजस्वमा सहजीकरण गर्न आग्रह गरेका हुन् ।

प्रप्स र उपकरण जरुरी परे निर्माता संघमार्फत आउन पनि माग राखिएको छ । तीन दिनभित्र उपकरण उपलब्ध गराउन सके छायांकनलाई सहज हुने, प्रहरी जनशक्ति चाहिएको खण्डमा २५ देखि ५० प्रतिशत जनशक्ति उपलब्ध गराउन पनि माग राखिएको छ ।

हेर्नूस सूची :-