जन्मदिन मनाउँदै आर्यन

जन्मदिन मनाउँदै आर्यन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा क्षेत्रका चकलेटी स्टार  हुन् आर्यन सिग्देल । आज उनै चकलेटी हिरोको जन्मदिन परेको छ । सुर्खेत जिल्लाको गोठिकाडामा हरिश सिग्देलका रूपमा जन्मिएका उनी आज आफ्नो ३९ औं जन्मदिन मनाउँदैछन् ।

सुर्खेतबाट उनको परिवार पछि काठमाडौंको थानकोटमा बसाइँ सरेको थियो । आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए भने मंगलदोय उच्च माविबाट एसएलसी गरेका थिए ।

उनले आफ्नो सिने यात्रा ‘किस्मत’बाट सुरु गरेका हुन् । उनी पहिलो सिनेमाबाटै चकलेटी हिरोको रुपमा परिचित भए । उनले ‘किस्मत’, ‘मेरो एउटा साथी छ’, ‘हिफाजत’, ‘कसले चोर्यो मेरो मन’ ‘नोभेम्वर रेन’, ‘क्लासिक’ जस्ता सिनेमाबाट सफलता हात पारे । उनले हालसम्म तीन दर्जन सिनेमामा अभिनय गरेका छन् ।

त्यस्तै, अभिनेता सिग्देलले सिनेमा ‘कायरा’बाट निर्माणमा हात हालेका थिए । तर, यो सिनेमाले खासै दर्शकको साथ सोचे जती पाएन । उनी अभिनित सिनेमा ‘डिसेम्वर फल्स’ प्रदर्शनको पर्खाइमा छ ।

नेपाली सिनेमा क्षेत्रका चकलेटी हिरो आर्यन सिग्देललाई ‘द सिनेमा टाइम्स’को तर्फबाट जन्मदिनको शुभकामना !