मलिकालाई ‘नाईं नभन्नू ल ६’को अफर

मलिकालाई ‘नाईं नभन्नू ल ६’को अफर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री मलिका महत्तलाई ‘नाईं नभन्नू ल ६’ बाट अफर गरिएको छ । सोको खुलासा मलिका स्वयम्ले गरेकी हुन् ।

बिहीबार ‘तिम्रो माया’ म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा संवाददाताहरुले ‘नाईं नभन्नू ल ६’को बारेमा जिज्ञासा राख्दा सोको खुलासा गरेकी हुन् । ‘हो अफर आएको थियो । तर, पछि फेरि सिनेमाको बारेमा कुरा भएको छैन’ उनले भनिन् ।

उनले अन्य सिनेमाबाट पनि अफर आइरहेको बताइन् । ‘अहिले थुप्रै सिनेमाबाट अफर आइरहेको छ । तर, कोरोनाले सिनेमा क्षेत्र डामाडोल छ । त्यसैले कुनै पनि सिनेमा साइन गरेको छैन’ उनले भनिन् ।

अभिनेत्री मलिकाले सिनेमा ‘यात्रा’बाट डेब्यू गरेकी थिइन् । सिनेमाले बक्स अफिसमा औसत व्यापार गरेको थियो । यो सिनेमाबाट मलिका सिनेकर्मीहरुको नजरमा पर्न सफल भइन् । पछिल्लो समय उनी म्यूजिक भिडियोमा निकै व्यस्त छिन् ।

तस्बिर : उद्धव रसाईली