‘एक्स-नाइन’मा अनमोल अनुबन्धित

‘एक्स-नाइन’मा अनमोल अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरस्टार अनमोल केसी सिनेमा ‘एक्स-नाइन’ (लेवल १)मा अनुबन्धित भएका छन् । लामो समयदेखि निर्माण टिमले अनमोलसँग कुराकानी गरिरहेको भएपनि आधिकारिक सम्झौता शनिबार मात्र भएको हो ।

सिनेमाको छायांकन पौष तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा हुने निर्माणपक्षले बताएको छ । यो सिनेमालाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् । एक्सन थ्रिलर सिनेमामा सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही, राज कटुवालको पनि अभिनय रहने छ ।

निर्माण टिम बलिउड अभिनेता सुनील शेट्टीसँग भिलेनको भुमिकाको लागि प्रस्ताव राखेका छन् । तर आधिकारिक सम्झौता हुन बाँकी छ । यो सिनेमालाई नेटफ्लिक्समा पनि रिलिज गर्ने निर्माण टिमको योजना छ ।