सिनेमा ‘लभ सर्कल’ ट्रेलर सार्वजनिक

सिनेमा ‘लभ सर्कल’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको सिनेमा ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कमेडी दृश्यले बढी स्थान पाएको छ ।

बसन्त निरौलाले निर्देशन गरेको सिनेमा नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रविन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइरालाको अभिनय छ । कमेडी च्याम्पियनमा दले दाईको उपनामले चिनिएका सुमन कोइराला यसै सिनेमा मार्फत डेब्यु गर्दैछन् । लक डाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राबिधिकहरु लाई पनि केहि राहत होस् भन्ने उदेश्यका साथ डिजिटल प्लेट फर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्य सहित सिनेमा ‘लव सर्कल’को निर्माण गरिएको निर्देशक निरौलाले बताए ।

कमेडी र सस्पेन्स थ्रिलरमा तयार भएको सिनेमामा ओम प्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ । साहिल खान र दिव्य सुवेदीले छायांकन गरेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । सिनेमामा अभिमन्यू निरवीको लेखन, अंकित बाबुको संगीत, पवित्रा आचार्यको कोरियोग्राफी छ । यो सिनेमा साउन २९ गते डिस होमबाट टेलिभिजनमा प्रदर्शन हुँदैछ । यस संगै सम्पूर्ण डिजिटल प्लेटफर्ममा पनि सिनेमा प्रदर्शन गरिने निर्माता अग्रवालले जानकारी दिए ।