कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल चलचित्र कलाकार संघले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी कोभिड १९ विरुद्धको खोप कार्यक्रम संचालन गरेको छ । आईतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा कलाकारहरुलाई कोभिड १९ विरुद्धको खोप लगाइएको हो ।

कोरोना विरुद्धको खोप लगाउन सिनेमा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु खोप केन्द्र पुगेका थिए । खोप लगाउन अभिनेता भुवन केसी, पल शाह, पुष्प खड्का, धिरन शाक्य र गायक दुर्गेश थापा लगायत उपस्थित भएका थिए । पेशागत संघ संस्थाबाट नामावली प्राप्त भएका सिनेमाकर्मीहरूलाई कोभिड विरूद्धको खोप प्रदान गरिदैछ ।

सिनेमा क्षेत्रका संघसंस्था लगायत चलचित्र विकास बोर्डले लामो समयदेखि खोप उपलब्ध गराउन सरकारसँग माग गरेको थियो ।