‘एक्स-नाइन’मा अनमोलपछि सौगात मल्ल अनुबन्धित

‘एक्स-नाइन’मा अनमोलपछि सौगात मल्ल अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरस्टार अनमोल केसीले एक्सन थ्रिलर सिनेमा ‘एक्स-नाइन’ (लेवल १)  साइन गरेपछि सौगात मल्ल पनि अनुबन्धित भएका छन् । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको सिनेमाको छायांकन पौषको तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा हुनेछ ।

सौगातले यसअघि निर्देशक भट्टसँग सिनेमा ‘लप्पन छप्पन’मा काम गरेका थिए । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् ।

निर्माण टिम बलिउड अभिनेता सुनील शेट्टीसँग भिलेनको भुमिकाको लागि प्रस्ताव राखेका छन् । तर आधिकारिक सम्झौता हुन बाँकी छ । यो सिनेमालाई नेटफ्लिक्समा पनि रिलिज गर्ने निर्माण टिमको योजना छ ।