‘लभ सर्कल’को पहिलो गीत ‘ओ मैयाँ’ सार्वजनिक

‘लभ सर्कल’को पहिलो गीत ‘ओ मैयाँ’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको सिनेमा ‘लभ सर्कल’ को पहिलो गीत सार्वजनिक भएको छ । अंकित बाबु अधिकारी र विद्या तिवारीको स्वर रहेको ‘ओ मैयाँ’ बोलको गीतमा मुकुन भुषाल, पवित्रा आचार्य, नाजिर हुसेन र रिस्ता बस्नेत फिचर छन् । गीतमा गायक अधिकारीले नै संगीत भरेका छन् ।

बसन्त निरौलाले निर्देशन गरेको सिनेमा नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रिस्ता बस्नेतसँगै रविन्द्र झा, र सुमन कोइरालाको पनि अभिनय छ । कमेडी च्याम्पियनमा दले दाईको उपनामले चिनिएका सुमन कोइराला यसै सिनेमा मार्फत डेब्यु गर्दैछन् ।

सिनेमामा ओम प्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ । साहिल खान र दिव्य सुवेदीले छायांकन गरेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । सिनेमामा अभिमन्यू निरवीको लेखन, अंकित बाबुको संगीत, पवित्रा आचार्यको कोरियोग्राफी छ । यो सिनेमा साउन २९ गते डिस होमबाट टेलिभिजनमा प्रदर्शन हुँदैछ । यस संगै सम्पूर्ण डिजिटल प्लेटफर्ममा पनि सिनेमा प्रदर्शन गरिने निर्माता अग्रवालले जानकारी दिए ।