नयाँ बानेश्वरमा सिनेमा हल खोल्दै दीपक-दीपा

नयाँ बानेश्वरमा सिनेमा हल खोल्दै दीपक-दीपा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण धेरै सिनेमा हलहरु बन्द भईसकेका छन् । यसैबीच, ‘छक्का पन्जा’ सिरिजका निर्माता तथा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले करिब ९ करोड लगानीमा मल्टीप्लेक्स हल निर्माण गरिरहेका छन् ।

नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक भवनमा उनीहरुले दुई अडिटोरियमको सिनेमा हल खोल्न लागेका हुन् । दुईवटा स्क्रिन रहने हलमा चार सय दर्शकले एकसाथ सिनेमा हेर्न सक्नेछन् । आउँदो चैतसम्म हल निर्माणको सम्पूर्ण काम सक्ने योजना रहेको दीपकराजले केहि मिडियासँग बताएका छन् ।

यो समुह पहिला मोफसलमा हल खोल्ने तयारीमा थियो । तर, कोरोना महामारीपछि तत्काल मोफसलमा लगानी गर्नु जोखिम हुने ठानेर उनीहरुले राजधानी रोजेका हुन् ।