anmol jasita

१६ वर्षपछि पर्दामा एक साथ शिव र भुवन

१६ वर्षपछि पर्दामा एक साथ शिव र भुवन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता शिव श्रेष्ठ र भुवन केसी करिब १६ वर्षपछि एक साथ पर्दामा देखिदैछन् । २०६२ सालमा रिलिज भएको सोभित बस्नेत निर्देशित सिनेमा ‘राजु राजा राम’मा सँगै देखिएका थिए । १६ वर्षपछि सोभित बस्नेत निर्देशित ‘डाँडाको बरपीपल’मा उनीहरु एक साथ काम गर्न लागेका हुन् ।

निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै सिनेमा छायांकनको सेड्युल तय गरेको छ । दोस्रो लकडाउनका कारण सिनेमाको छायांकन अगाडी बढ्न पाएको थिएन । अब, भदौ ५ बाट सिनेमाको छायांकन सुरु हुनेछ । ६० दिनको छायांकन सेड्युल रहेको सिनेमालाई काठमाडौँ र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ ।

नवराज गिरीको लगानी रहने सिनेमामा यसअघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कटेल फाइनल भइसकेका थिए । भुवन जोडिएसँगै सिनेमाको लाइनअप बलियो बनेको छ ।

रामकाजी घिमिरेको लेखन रहने सिनेमामा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया÷एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, राम्जी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।