‘पाँचौं काठमाडौं सर्ट फिल्म फेस्टा’ अवार्ड वितरण सम्पन्न

‘पाँचौं काठमाडौं सर्ट फिल्म फेस्टा’ अवार्ड वितरण सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायाँछवि क्रिएसनले आइतबार आयोजना गरेको ‘पाँचौं काठमाडौं सर्ट फिल्म फेस्टा- २०२१’ मा विभिन्न लघु सिनेमाहरुले अवार्ड जितेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको उपस्थितिमा आयोजित भएको कार्यक्रममा नवराज बुढाथोकी निर्देशित ‘हाउस पति’ प्रोत्साहन पुरस्कार जीते, लक्ष्मण सुवेदी निर्देशित ‘मेहेंदी को रंग’ सर्वश्रेष्ठ अवधारणा स्क्रिप्ट पुरस्कार, दीपेन्द्र लामा निर्देशित ‘शब्द’ पब्लिक च्वाइस अवार्ड जीतेको छ । त्यस्तै, सरोज खनाल निर्देशित ‘भीहनीमाई अस्टयेको सूर्य’ जूरी पुरस्कार, पूरन जोशी निर्देशित ‘मह: पूजा’ सर्वश्रेष्ठ वृत्तचित्र, अभिनव श्रेष्ठ निर्देशित ‘स्वीट सिक्स्टीन’ सर्वश्रेष्ठ लघु सिनेमा पुरस्कार र कल्याण अधिकारीले सर्ट सिनेमा निर्देशनको अवार्ड हात पारेका छन् ।

संगीत खबर डट कमका पत्रकार सुमन बैरागीलाई रंग पत्रकार सबिन शाक्य र सिनेमा पत्रिका ‘फिल्मीखाबर’को स्मृतिमा बनेको ‘फिल्मीखबर – सबिन स्मृति रंग पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरियो । बैरागीलाई १० हजार १० रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरियो ।

छायाँछवि क्रियसनको आयोजनामा नियमित रूपमा हुँदै आइरहेको काठमाडौ सर्ट फिल्म फेस्टा कोरोना महामारीका कारण केही वर्षको अन्तरालपछि आयोजना गर्न सकिएको आयोजक संस्थाका अध्यक्ष शान्ति प्रियले बताए । त्यसैगरी प्रविशा प्रकाशनका अध्यक्ष प्रदीप कुमार उदयले कोरोना कहर र सिनेमा उद्योगको अवस्थाका बारे चर्चा गरेका थिए ।

पुरस्कारको निर्णायक मण्डलका रूपमा प्रवान भुसाल, रेनिश फगो र गोपाल शकललाई प्रमाणपत्र वितरण गरिएको थियो ।