घरेलु हिंसाको आरोप लागेका जोनी हलिउडबाट बहिष्कार

घरेलु हिंसाको आरोप लागेका जोनी हलिउडबाट बहिष्कार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हलिउड अभिनेता जोनी डेपलाई हलिउड इन्डस्ट्रीले बहिष्कार गरेको छ । उनकी पूर्वपत्नी एम्बर हडले उनी विरुद्ध घरेलु हिंसाको आरोप लगाएपछि हलिउडले बायकट गरेको हो ।

आफू बायकट भएको खुलासा उनले आफै गरेका हुन् । जोनीले भने, ‘केहि सिनेमाले मान्छेको दिल छुन्छ । त्यस्तै, मेरो आगामी सिनेमा ‘मिनमाटा’ पनि दिल छुन्ने खाल्को छ । किनकी, मान्छेहरुले झेलेको कुरालाई पर्दामा उतारिएको छ । तर, हलिउडले मलाई बायकट गरेको छ । एक अभिनेता यस्ता खराब परिथितिमा कति वर्षसम्म बस्न सक्छ ?’

लामो समयसम्म प्रेम सम्बन्धमा रहेका जोनी र हडले २०१५ मा विवाह गरेका थिए । भने गतवर्ष उनीहरुले सम्बन्ध विच्छेद गरेका थिए ।

-एजेन्सी