anmol jasita

‘एक्स-नाइन’मा राज अनुबन्धित

‘एक्स-नाइन’मा राज अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक्सन थ्रिलर सिनेमा ‘एक्स–नाइन’ (लेवल १)मा अभिनेता राज कटवाल अनुबन्धित भएका छन् । केहि समय अगाडी अभिनेता अनमोल केसी र सौगात मल्लले पनि सिनेमा साइन गरेका थिए ।

मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको सिनेमाको छायांकन पौषको तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा हुनेछ । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् ।

राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेको सिनेमालाई नेटफ्लिक्समा पनि रिलिज गर्ने निर्माण टिमको योजना छ ।