राजेश हमालको नाममा सिनेमा बन्ने

राजेश हमालको नाममा सिनेमा बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमालको नामबाट सिनेमा बन्ने भएको छ । निर्माता केदार भुसालले ‘म राजेश हमाल’ नाम राखेर सिनेमा बनाउन लागेका हुन् ।

विक्रम लामा (जोन योञ्जन)ले निर्देशन गर्ने सिनेमामा सञ्चिता लुइँटेल, मकुनु भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सन्जोग रसाइली, अस्मिता लामिछानेलगायत कलाकारको अभिनय रहनेछ । भने, अतिथि भुमिकामा आर्यन सिग्देल देखिनेछन् । त्यस्तै, अतिथि भुमिकामा राजेश हमालसँग पनि कुरा भइरहेको बताइएको छ । अवस्था सामान्य भए भदौ २० देखि सिनेमाको छायांकन सुरु गरिने योजना निर्माण टिमको छ ।

यसअघि २०११ म राजेश हमालको नाम सापट लिएर सिनेमा ‘मेरो राजेश दाइ’ बनेको थियो । जसमा राजेश हमाल नै मुख्य भुमिकामा देखिएका थिए।