मनोजको ‘एक’ डिजिटल रिलिज हुने

मनोजको ‘एक’ डिजिटल रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मनोज पण्डित निर्देशित सिनेमा ’एक’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ । राजनीतिक ड्रामा सिनेमा ‘एक’ को मंगलवार मोसन पोस्टर सार्वजनिक भएको गरिएको छ । कोरोना भाइरसको कारण यो सिनेमा आगामी दशैंको घटस्थापना (असोज २१ गते) ओटीटी प्लेटफर्मममा रिलिज हुने भएको छ ।

सार्वजनिक मोसन पोस्टरमा द्धन्द्ध, आक्रोश र बदलाको भाव देखिन्छ । समकालिन नेपाली राजनीतिको एउटा महत्वपूर्ण मुद्दा बनेको मधेशलाई लिएर सिनेमा निर्माण भएको छ ।

सिनेमामा प्रमोद अग्रहरि, मनोज अधिकारी, विशाल पोखरेल र ज्योत्सना योगीलगायत कलाकारको अभिनय छ । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेको सिनेमाको छायांकन मधेशी भूगोलदेखि हिमाली भेगको डोल्पासम्म गरिएको छ ।

निर्देशक पण्डितले यसअघि ‘ग्रेटर नेपाल, दासढुंगा, वधशाला’जस्ता चर्चित राजनीतिक सिनेमाहरु निर्माण गरेका छन् । ‘एक’ पण्डितको सातौं सिनेमा हो । यसलाई पल्टिकल र स्पाइ ड्रामा जनरामा राखिएको छ ।