३१ दिनमै सकियो ‘आँधी तुफान २’को छायांकन

३१ दिनमै सकियो ‘आँधी तुफान २’को छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सस्पेन्स र थ्रिलर सिनेमा ‘आँधी तुफान २’को छायांकन सकिएको छ । छायांकन सुरु भएको ३१ औं दिनमा यसको ‘इन्ड क्ल्याप’ गरिएको हो ।

मदन घिमिरे निर्देशित सिनेमाको काठमाडौं र धुलिखेलमा छायांकन गरिएको छ । एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा समेटिएको सिनेमामा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय छ ।

लेखक मौनता श्रेष्ठको लगानी रहेको सिनेमामा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य निर्देशन रहेको छ ।