‘सिनेमा लोकतान्त्रिक क्षेत्र हो’ : राजेश हमाल

‘सिनेमा लोकतान्त्रिक क्षेत्र हो’ : राजेश हमाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमालले सिनेमा क्षेत्रमा प्रवेश गर्न चाहनेहरुको लागी सुझाव दिएका छन् । उनले कान्तिपुर फिल्म एकेडेमीले आयोजना गरेको कार्यक्रममा बोल्दै सिनेमा क्षेत्रमा आउन चाहने व्यक्तिहरुमा हरेक चुनौतिको सामना गर्न सक्ने क्षमता आवश्यक रहेको बताए ।

‘सिनेमा सिर्जनशिल क्षेत्र हो । यसमा व्यक्तिले आफ्नो सिर्जना प्रकट गर्न सक्छ । यसलाई पस्कने व्यक्तिले आफ्नो भावना, समाजका मुद्धा, केहि बौद्धिक कुराहरु र विभिन्न पक्षलाई लिएर सिनेमा बनाउन सक्छ । यो सिनेमाको सशक्त पक्ष हो । तर, अलिकति तितोसत्य के हो भने सिनेमा क्षेत्रमा कार्यरत हुनको लागि हरदम चुनौतिको सामना गर्न सक्ने हुनुपर्छ’, उनले भने ।

उनले दर्शहरुको रुचि अनुसारको सिनेमा निर्माण गर्नु पर्ने बताउदै भने, ‘जो कोहि सिनेमा क्षेत्रमा प्रवेष गर्न सक्छ । तर, टिकिरहन जो कोहि सक्दैन । कनेक्शनको आधारमा वा पैसा तिर्ने जो कोहि अभिनेता, अभिनेत्री बन्न सक्नु हुन्छ । तर, दर्शकहरु उनीहरुलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने हुन्छ । त्यसैले यो अत्यन्तै लोकतान्त्रिक क्षेत्र हो । हामीले पस्कने चिज लोकले ग्रहण गर्ने हो । लोकले मन पराए भने तपाईको भविष्य अगाडि बढ्छ । नत्र तपाईले मसँग यति ट्लेन्ट छ, मसँग यसको डिग्री छ भनेर केहि हुँदैन । तपाईको सामग्री हेर्ने व्यक्तिले स्वीकार्ने खाल्को हुनुपर्छ ।’