‘नो टाइम टु डाई’को रिलिज मिति तय

‘नो टाइम टु डाई’को रिलिज मिति तय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हलिउडको चर्चित जेम्स बन्ड सिरिज ‘नो टाइम टु डाई’को रिलिज मिति घोषणा गरिएको छ । सिनेमाको वर्ल्ड प्रिमियर आउँदो सेप्टेम्बर २८ तारिखमा लन्डनको रोयलअल्बर्ट हलमा हुँदैछ । त्यस्तै, लन्डनमा अक्टोबर ८ मा रिलिज हुँदैछ ।

हलिउड अभिनेता ड्यानियल क्रेग फेरि एकपटक जेम्स बन्डको भूमिकामा देखिँदैछन् । क्यारी जोजी फुकुनले निर्देशन गरेको सिनेमामा ड्यानियल ब्रिटिस गोप्य एजेन्टको रूपमा प्रस्तुत भएका छन् ।

माइकल जी. विल्सन र बारबरा ब्रोकोलीको निर्माण रहेको सिनेमाको करिब २०० मिलियन डलरको लगानी रहेको छ ।