‘एक्स-नाइन’मा पुष्प अनुबन्धित

‘एक्स-नाइन’मा पुष्प अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक्सन थ्रिलर सिनेमा ‘एक्स–नाइन’ (लेवल १)मा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । अभिनेता पुष्पले निर्माण टिमसँग लिखित सम्भौता गरिसकेका छन् ।

यसअघि सिनेमामा अभिनेता अनमोल केसी, सौगात मल्ल र राज कटवाल अनुबन्धित भइसकेका छन् । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको सिनेमाको छायांकन पौषको तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा हुनेछ । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् ।

राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेको सिनेमालाई नेटफ्लिक्समा पनि रिलिज गर्ने निर्माण टिमको योजना छ ।