ट्रेलर रिलिज गर्दै ‘स्पाइडर म्यान’को प्रदर्शन मिति तय

ट्रेलर रिलिज गर्दै ‘स्पाइडर म्यान’को प्रदर्शन मिति तय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मार्भल स्टुडियोको सिनेमा ‘स्पाइडर म्यान : नो वे होम’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकिएको छ । यो सिनेमा १७ डिसेम्बर अर्थात पौष २ गते देखि प्रर्दशन हुनेछ ।

जोन वाट्सले निर्देशन गरेको सिनेमामा टम हल्याण्ड, जेन्दय, बेनेडिक्ट कम्बरब्याच, जोन फेभ्रेउलगायत कलाकारको अभिनय छ । सिनेमाको कथा क्रिस म्याकेन्ना र एरिक सोमर्सले तयार पारेका हुन् ।