anmol jasita

छायांकनमा शोभितको ‘डाँडाको वरपीपल’

छायांकनमा शोभितको ‘डाँडाको वरपीपल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शोभित बस्नेतको निर्देशनमा बन्न लागेको सिनेमा ‘डाँडाको वरपीपल’को छायांकन सुरु भएको छ । सोमबारदेखि धादिङको धार्केबाट सिनेमाको छायांकन सुरु भएको हो ।

६० दिनको छायांकन सेड्युल रहेको सिनेमाको काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ । नवराज गिरीको लगानी रहने सिनेमामा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कटेललगायतको अभिनय रहने छ ।

रामकाजी घिमिरेको लेखन रहने सिनेमामा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया÷एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, राम्जी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।