शर्ट सिनेमा प्रतिस्पर्धामा १०८ स्क्रिप्ट छनोट

शर्ट सिनेमा प्रतिस्पर्धामा १०८ स्क्रिप्ट छनोट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राष्ट्रिय यूवा संघ नेपालले आयोजना गर्न लागेको ‘म केही गर्छु’ शिर्षकको छोटो सिनेमा प्रतिस्पर्धामा एकसय १५ स्क्रिप्ट सहभागी भएको छ । श्रावण ५ गते भित्र आयोजकले दिएको क्राईट एरियाभित्र रहेर स्क्रिप्ट पठाउन आह्वान गरेको थियो । देशभरबाट एक सय १५ स्क्रिप्ट सहभागी भएको हो ।

यो नेपालमा अहिलेसम्मकै सर्वाधिक सहभागीता हो । ११५ मध्ये १०८ स्क्रिप्ट छनोट भएको छ । छनोट भएका स्क्रिप्टमा सिनेमा बनाउनेहरुको लागी एक दिने ओरियन्टेसन कार्यक्रम सम्पन्न भएको छ । सोमबार चलचित्र विकास बोर्डको हलमा छनोट भएका स्क्रिप्ट राइटर र सिनेमा निर्माणको लागि स्क्रिप्ट पठाउनेहरुका लागी युवा संघ नेपालले चलचित्र क्षेत्रका विज्ञहरुलाई सहभागी गराएर सिनेमा बनाउने सम्बन्धमा ओरियन्टेसन गराएको हो । उक्त कार्यक्रममा निर्देशक मिन भाम, सिनेम्याटोग्राफर विष्णु कल्पित, नेपाल फिल्म कलेजका प्रिन्सिपल शिशिर उप्रेती, सिनेमाकर्मी अर्जुन देव जोशीले सहभागीहरुलाई जानकारी दिए । उक्त कार्यक्रमको सहजीकरण रंग पत्रकार संघ नेपालका महासचिव समिर बलामीले गरेका थिए ।

निषेधाज्ञाका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोगका लागि छोटो सिनेमा प्रतिस्पर्धामा आयोजना गरेको राष्ट्रिय यूवा संघ नेपाल उपाध्यक्ष क्षितिज थेवेले बताए । उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, युवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष पुष्पराज श्रेष्ठ, उपाध्यक्ष उर्मिला सुनुवार, अशोक चौलागाईं, महासचिव रमेश आचार्य, उप महासचिव रामजी सापकोटा, सचिव सीता सुवेदी, विनोद ओली, सुनीता कार्की, स्थायी कमिटी सदस्य महेश चौलागाईं, सचिवालय सदस्य श्रीधर पौडेल, केशव घिमिरे र समुन्द्र तिमल्सिना, केन्द्रीय सदस्य द्वय विरेन्द्र भट्ट र रेशु लामा लगायतको उपस्थिति रहेको थियो ।

सहभागी स्क्रिप्टलाई निर्णायक समितिले मापदण्ड अनुसार छनौट गरेको हो। छानिएका स्क्रिप्टले उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संकृती र मनोरञ्जनलगायतका विषयमा बढीमा ५ मिनेटसम्मको छोटा सिनेमा बनाउनुपर्नेछ ।

यूवाहरुको प्रतिभा पहिचान, प्रस्फुटन र प्रवद्र्धन गर्ने उद्देश्यसहित यो प्रतियोगीता आयोजना हुन लागेको राष्ट्रिय यूवा संघ नेपालले जनाएको छ । छानिएका स्क्रिप्टहरुबाट छोटो सिनेमा निर्माण गरि युवा संघ नेपाललाई बुझाउनु पर्नेछ । छोटो सिनेमा बुझाईसकेपछि निर्णायक समितिले उत्कृष्ट तीन सिनेमा छान्नेछ । छानिएका तीन सिनेमामध्ये प्रथम हुनेलाई २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो हुने सिनेमालाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।